- १. समिति र सामाजिक परीक्षणबाट अनुमोदन भएको खर्चको विल, भरपाई, डोर हाजिरी फाराम
- २. प्राविधिकद्धारा तयार भएको नापी किताब र कार्यस्वीकार प्रतिवेदन
- ३. सार्वजनिक परीक्षण फाराम, उपस्थिति, निर्णयको प्रतिलिपी
- ४. उपभोक्ता समितिको निर्णयको प्रतिलिपी
- ५. वडा कार्यालयको सिफारिस पत्र
- ६. कार्यसम्पन्न भएको देखिने फोटोहरु
- ७. अनुगमन समितिको प्रतिवेदन
- ८. उपभोक्ता समितिको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन
- ९. खर्च सार्वजनिक सूचना फाराम
समाचार
प्राय सोधिने प्रश्नहरु
- (क) आयोजनाको दिगो व्यवस्थापनको लागि मर्मत सम्भार गर्ने सम्बन्धी आवश्यक कार्य,
- (ख) आयोजना कार्यान्वयनबाट पर्न सक्ने वातावरणीय सन्तुलन कायम गर्ने सम्बन्धी कार्य,
- (ग) अन्य आयोजनाहरुसँग अन्तरसम्बन्ध कायम गर्नुपर्ने,
- (घ) असल नागरिकको आचरण पालना गर्नुपर्ने,
- (ङ) उपभोक्ता समितिले आयोजनाको फरफारकको लागि कार्यालयमा कागजात पेश गर्दा अनुसूची ६ बमोजिमको ढाँचामा आयोजनाको भौतिक तथा वित्तिय प्रतिवेदन पेश गर्नु पर्ने
- (क) सम्झौता बमोजिमको कार्य सम्पादन गर्ने,
- (ख) उपभोक्ताहरुलाई कार्यालयवाट प्राप्त सूचना तथा मार्गदर्शनको जानकारी गराउने,
- (ग) सम्झौता बमोजिम कार्य शुरु गर्दा कार्यालयबाट आवश्यक निर्देशन प्राप्त गर्नु पर्ने भए प्राप्त गरेर मात्र शुरु गर्ने,
- (घ) उपभोक्ता समितिको कार्य सम्पादनलाई प्रभावकारी बनाउन समितिका सदस्यहरुको कार्य विभाजन र जिम्मेवारी बाँडफाँड गर्ने,
- (ङ) उपभोक्ता समितिका सदस्यहरुको क्षमता विकास गर्ने ।
- (च) सम्झौता बमोजिमको कामको परिमाण, गुणस्तर, समय र लागतमा परिवर्तन गर्नु पर्ने देखिएमा कार्यालयलाई अनुरोध गर्ने,
- (छ) आयोजनाको दिगो व्यवस्थापन सम्बन्धी आवश्यक अन्य कार्य गर्ने ।
- (क) उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि
- (ख) उपभोक्ता समितिका सबै सदस्यहरुको नागरिकताको प्रतिलिपि
- (ग) आयोजनाको लागत अनुमान र ड्रइङ डिजाइन
- (घ) उपभोक्ता समितिवाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय
- (ङ) आयोजनाको कार्यान्वयनको कार्यतालिका
- (च) खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजातहरु
- (छ) वडा कार्यालयको सिफारिस र उपभोक्ता समिति गठन प्रतिवेदन
- (ज) कार्यालयले तोकेको ढाँचाको निवेदन
- क) सम्वन्धित आयोजना क्षेत्रको स्थायी बासिन्दा
- (ख) १८ वर्ष उमेर पुरा भएको
- (ग) फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको
- (घ) सरकारी बाँकी बक्यौता वा पेश्की फछ्यौट गर्न बाँकी नरहेको
- (ङ) अन्य उपभोक्ता समितिमा सदस्य नरहेको
जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, निर्माण व्यवसायी, बहालवाला सरकारी कर्मचारी र शिक्षक उपभोक्ता समितिको सदस्यमा बस्न पाईने छैन ।
- (क) सम्वन्धित आयोजना क्षेत्रको स्थायी वासिन्दा
- (ख) १८ वर्ष उमेर पुरा भएको
- (ग) फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको
- (घ) सरकारी बाँकी वक्यौता वा पेश्की फछ्यौट गर्न बाँकी नरहेको
- (ङ) अन्य उपभोक्ता समितिमा सदस्य नरहेको जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, निर्माण व्यवसायी, वहालवाला सरकारी कर्मचारी र शिक्षक उपभोक्ता समितिको सदस्यमा वस्न पाईने छैन ।
- (क) आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको आम भेलाबाट अधिकतम सहभागितामा सम्बन्धित आयोजनास्थलमा नै सात देखि एघार (७ देखि ११ जना) सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्नेछ ।
- (ख) समिति गठनको लागि आम भेला हुने समय, मिति, स्थान र भेलाको विषय त्यस्तो भेला हुने मितिले कम्तिमा सात दिन (७ दिन) अगावै सार्वजनिक रुपमा जानकारी गराउनु पर्नेछ ।
- (ग) उपभोक्ता समिति गठन गर्दा सम्वन्धित वडाको वडा अध्यक्ष वा वडा सदस्य वा गाउँ कार्यपालिकाको कार्यालयले तोकेको प्रतिनिधिको रोहवरमा गर्नु पर्नेछ ।
- (घ) उपभोक्ता समिति गठनको लागि बोलाईएको भेलामा योजनाको संक्षिप्त विवरण र समितिको संरचना ( सहितको जानकारी कार्यालयको प्रतिनिधिले गराउनु पर्नेछ ।
- (ङ) उपभोक्ता समिति गठन गर्दा समावेशी सिद्धान्तको अवलम्वन गर्नु पर्ने छ । समितिमा कम्तिमा तेत्तीस प्रतिशत (३३%) महिला सदस्य हुनुपर्नेछ । समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षमध्ये कम्तीमा एकजना महिला पदाधिकारी हुनुपर्नेछ ।
- (च) एक व्यक्ति एकभन्दा बढी उपभोक्ता समितिको सदस्य हुन पाउने छैन । साथै सगोलका परिवारबाट एकजना भन्दा बढी व्यक्ति एउटै उपभोक्ता समितिको सदस्य हुन पाइने छैन ।
- (छ) उपभोक्ता समितिको गठन सकेसम्म सर्वसम्मत तरिकाले गर्नुपर्नेछ । सर्वसम्मत हुन नसकेमा उपभोक्ताहरुको बहुमतबाट उपभोक्ता समितिको गठन गरिने छ ।
- (ज) उपभोक्ता समितिले सम्झौता बमोजिम गर्नुपर्ने काम समिति आफैले गर्नु गराउनु पर्नेछ । अन्य कुनै निर्माण व्यवसायी वा अन्य व्यक्ति वा संस्थालाई ठेक्कामा दिई गर्न गराउन पाइने छैन ।
- (क) उपभोक्ता समिति वा लाभग्राही समुदायबाट निर्माण कार्य गराउँदा वा सो सम्बन्धी सेवा प्राप्त गर्दा मितव्ययी, गुणस्तरिय वा दिगोपना अभिवृद्धि हुने भएमा वा परियोजनाको मूख्य उद्देश्य नै रोजगारीको सिर्जना गर्ने र लाभग्राही समुदायलाई सहभागी गराउने भएमा उपभोक्ता समिति वा लाभग्राही समुदायलाई तोकिए बमोजिमको कार्यविधि पुरा गरी त्यस्तो कार्य गराउन वा सेवा लिन सकिन्छ ।
- (ख) स्थानीय सीप, श्रोत र साधन उपयोग हुने र स्थानीय स्तरमा कार्य सम्पन्न गर्न सक्ने, कुल लागत रु.१ करोडसम्म भएको आयोजनाको कार्यान्वयन उपभोक्ता समिति मार्फत गर्न सकिन्छ ।
- (ग) उपभोक्ता समिति वा लाभग्राही समुदायबाट सञ्चालित हुने निर्माण कार्यमा लोडर, एक्साभेटर, रोलर, डोजर, ग्रेडर विटुमिन डिस्ट्रीव्युटर, विटुमिन व्वाइलर जस्ता हेभी मेशीनहरु प्रयोग गर्न सकिने छैन ।
- निवेदन
- घर नक्सा पास प्रमाण पत्र
- जग्गा धनी पूर्जाको प्रतिलिपि
- अंशवण्डा भए नाता प्रमाणित
- नापी नक्सा
- नाता प्रमाणित
- तिरो तिरेको रसिद
- आवश्यक अनुसार सर्जमिन मुचुल्का
- ३ प्रति पासपोर्ट साइज फोटो
- मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- निवेदन पत्र
- नागरिकताको प्रतिलिपि
- २ प्रति पासपोर्ट साइज फोटो
- बहाल सम्झौता पत्र तथा बहाल कर तिरेको निस्सा
- आफ्नै घर. टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा तिरेको निस्सा
- प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रतिलिपि
- वडा कार्यालयको सिफारिस पत्र
- विदेशको हकमा राहदानीको प्रमाणित वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस