FAQs Complain Problems

के कस्ता कार्यहरु उपभोक्ता समितिबाट गराउन सकिन्छ ?

  • (क) उपभोक्ता समिति वा लाभग्राही समुदायबाट निर्माण कार्य गराउँदा वा सो सम्बन्धी सेवा प्राप्त गर्दा मितव्ययी, गुणस्तरिय वा दिगोपना अभिवृद्धि हुने भएमा वा परियोजनाको मूख्य उद्देश्य नै रोजगारीको सिर्जना गर्ने र लाभग्राही समुदायलाई सहभागी गराउने भएमा उपभोक्ता समिति वा लाभग्राही समुदायलाई तोकिए बमोजिमको कार्यविधि पुरा गरी त्यस्तो कार्य गराउन वा सेवा लिन सकिन्छ ।
  • (ख) स्थानीय सीप, श्रोत र साधन उपयोग हुने र स्थानीय स्तरमा कार्य सम्पन्न गर्न सक्ने, कुल लागत रु.१ करोडसम्म भएको आयोजनाको कार्यान्वयन उपभोक्ता समिति मार्फत गर्न सकिन्छ ।
  • (ग) उपभोक्ता समिति वा लाभग्राही समुदायबाट सञ्चालित हुने निर्माण कार्यमा लोडर, एक्साभेटर, रोलर, डोजर, ग्रेडर विटुमिन डिस्ट्रीव्युटर, विटुमिन व्वाइलर जस्ता हेभी मेशीनहरु प्रयोग गर्न सकिने छैन ।