FAQs Complain Problems

उपभोक्ता समितिको काम, कर्तव्य र अधिकारहरु के के हुन् ?

  • (क) सम्झौता बमोजिमको कार्य सम्पादन गर्ने,
  • (ख) उपभोक्ताहरुलाई कार्यालयवाट प्राप्त सूचना तथा मार्गदर्शनको जानकारी गराउने,
  • (ग) सम्झौता बमोजिम कार्य शुरु गर्दा कार्यालयबाट आवश्यक निर्देशन प्राप्त गर्नु पर्ने भए प्राप्त गरेर मात्र शुरु गर्ने,
  • (घ) उपभोक्ता समितिको कार्य सम्पादनलाई प्रभावकारी बनाउन समितिका सदस्यहरुको कार्य विभाजन र जिम्मेवारी बाँडफाँड गर्ने,
  • (ङ) उपभोक्ता समितिका सदस्यहरुको क्षमता विकास गर्ने ।
  • (च) सम्झौता बमोजिमको कामको परिमाण, गुणस्तर, समय र लागतमा परिवर्तन गर्नु पर्ने देखिएमा कार्यालयलाई अनुरोध गर्ने,
  • (छ) आयोजनाको दिगो व्यवस्थापन सम्बन्धी आवश्यक अन्य कार्य गर्ने ।