FAQs Complain Problems

थलारा गाउँपालिकामा तपाइलाइ स्वागत छ

यस थलारा गाउँपालिका  प्रापुर्वकाल देखिनै आफ्नै खालको अस्थीत्व र पहिचान बोकेर रहेको सर्वविधितै छ । अहिले पनि संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य पुन संरचना गर्ने त्रममा सावीक पाँच वटा गा.वि.स दंगाजी,पाराकाट्ने , कोटभैरव ,कोइरालाकोट ,मालुमेला मिलि वनेका थलारा गाउँपालिकाको सिरानिमा सुदूरपश्‍चिम प्रदेशको गर्भमा रहेको अतीनै  महत्वको धार्मिक पर्यटकीय क्षेत्र राष्टिु्य निकुन्ज अनुपम कोशेली लिएर वाँचिरहेको प्रकृतिको जैविक विविधताका साथै सुन्दर रमणीय फाँटहरू साइपाल  हिमालको हिमशंखला कोखबाट अनवरत रूपमा थुपै स्रोत साथमा लीएर बगीरहेको सेती नदी यस गाउँपालिकाका प्राकृतिक उपज हुने भने पुर्वि सिमानामा जडारीगाड र अर्का तिर डाटी जिल्ला संग जोडिरहेको अर्का पर्यटकिय क्षेत्र मालीका  अवस्थीत छ । यो थलारा गाउँपालिका थ्रुपै  खालको श्रोत र साधन लिएर वाँचिरहेको छ । यो गाउँपालिकाका यि श्रोतहरूको सहि पहिचान गरी उपयोग र प्रयोग गर्नसके साँच्चीकै श्रोतको भण्डारणको रूपमा चिनिने छ । यस  गाउँपालिकाको पर्यटकिय क्षेत्रको विकास गर्न सक्यो भने आन्तरीक तथा वाह्य पर्यटको महत्वपुर्ण क्षेत्र हुनेमा म विश्वस्त छु । यो गाउँपालिका आफैमा प्रकृतिको सरोवर अलोकिय उपहारले भरिएको छ  । यसमा पनि यसको माथिल्लो भु भाग हरीयाली क्षेत्र र जडीवुडीको धनी र सुन्दरताले भरीएका विभिन्न कृर्षि उपज मनोरन्जन फाँटहरू जिल्ला भित्रैकै एक नम्बर कृर्षि उत्पादनको क्षेत्रको रूपमा रहेको सर्वविधीतै छ । यस गाउँपालिकाको कुल जनसंख्या १५९५८ रहेकोमा महिला  ८८५७ र पुरूष ७१०१ रहेको छ । साथै यस थलारा गाउँपालिकाको भोगोलिक अवस्तापुर्वमा जडारी गाड , खप्तड छान्ना गाउँपालिका पश्चिममा डोटी जिल्ला उतर मा सेती नदी र खक्षिणमा खप्तड राष्टीय निकृन्ज रहेको छ । र त्यसै गरि अक्षाश २५ डिग्री १३ मिनेट उतर ३० डिग्री ५७ मिनेट उतर र देशान्त ५० डिग्री ५६ मिनेट पूर्व  ८१ डिग्री ५६ मिनेट मा  अवस्थीत रहेको छ ।